महिलाको शरीर किन ‘कर्भी’ हुन्छ….

जेष्ठ २९, २०७४ मा प्रकाशित | 1038 views

पूर्ण रुपले नढाकिएका अंग र शरीरका ‘कर्भ’ प्रदर्शन गर्ने महिला मिडिया र विशेषत: ट्याबलोइड पत्रिकाका लागि आकर्षक विषय हुने गर्छन्। आवरण  र मध्यपृष्ठमा महिलाका त्यस्ता तस्बिर छाप्ने पत्रिकाको ग्राहक संख्या ठूलै हुने गर्छ। आमसञ्चार र वर्तमान सांस्कृतिक अभ्यासले समाजमा कसरी महिला सौन्दर्यको अवधारणा निर्माण र विकास गर्छ भन्नेबारे छलफल र बहस हुँदै आएको छ।

पुँजीवादले महिला सौन्दर्यलाई कामुक ढंगले प्रस्तुत गरेर बजारीकरण गरेको र त्यसले महिलामा हुने प्रतिभा मात्र होइन, उनीहरुको मानवीय पक्षलाई समेत बेवास्ता गरेको तर्क दिने गरिन्छ। तथापि शारीरिक सौन्दर्यले महिलाको सशक्तीकरण गर्ने हुँदा विरोध गर्नुको तुक नभएको तर्क गर्नेहरुको संख्या पनि कम छैन।

शारीरिक अंगविद् डा. ड्याभिड ब्रेनब्रिज द्वारा लेखिएको पुस्तक ‘कर्भोलोजी’ महिलाको शारीरिक कर्भले मानव जातिको क्रमिक विकासमा कस्तो महत्व राख्छ भन्ने विषयमा केन्द्रित छ। महिलाको रुप र शरीरको कर्भलाई क्रमिक विकासका क्रममा पुरुष र महिलाले कसरी बुझ्न थाले भन्नेबारे उनको पुस्तकमा व्याख्या र विश्लेषण गरिएको छ।

लेखकका अनुसार पुरुषको भन्दा महिलाको शरीर ज्यादा फरक नहुनुपर्ने हो। पुरुषभन्दा महिलाले गर्ने अतिरिक्त काम भनेको गर्भधारण, बच्चा पेटमा बोक्ने र पोषित गर्ने हो। तैपनि महिला र पुरुषको शरीर आवश्यकभन्दा बढी नै फरक देखिन्छ।

किन?

प्रजनन् जीव वैज्ञानिक डा. ब्रेनब्रिजका अनुसार त्यसको उत्तर सरल छ। महिलाका कर्भ, नितम्ब र स्तन, शारीरिक उतारचढाव तथा पत्रपत्रिका मध्यपृष्ठमा बारम्बार देखिने ‘क्लिभेज’ (दुई स्तनबीचको माथिल्लो भाग) ले मानव जातिको अस्तित्वलाई निरन्तरता दिन्छन्। त्यसले मानव जातिको नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्छ।

जैविक रुपले त्यस्ता विशेषताले महिलाको शारीरिक आकर्षण निर्धारण गर्छ। अवचेतन मनदेखि नै पुरुषहरु महिलाका त्यस्ता विशेषताप्रति आकर्षित हुन्छन्। नितम्ब र स्तनले महिलाको स्वास्थ्य, पोषण स्थिति र कति तन्दरुस्त ढंगले हुर्किएका छन् भन्ने प्रमाण प्रस्तुत गर्ने लेखकको तर्क छ। त्यतिमात्र होइन, त्यस्ता विशेषताले गर्भधारण गर्न र बच्चा पोषित गर्न महिलासँग उपयुक्त जिन छ भन्ने सन्देश पनि पुरुषहरुलाई दिन्छ।

लेखकका अनुसार किशोरावस्था लाग्दै गएपछि महिलाको शरीरले १० देखि २० किलो थप बोसो जम्मा गर्छ, जुन नितम्ब र तिघ्रामा जम्मा हुन्छ। बच्चा जन्मेपछि महिलाको शरीरमा उत्पन्न हुने दूध निर्माणमा त्यही बोसोले योगदान गर्छ। महिलाको उक्त शारीरिक सौन्दर्य पुरुषका लागि आकर्षक हुनुको कारण यही हो। उमेर बढ्दै जाँदा र महिनावारी बन्द हुँदा महिलाको शरीरमा संचित बोसो कि हराउँछ कि त कम्मरमा जम्मा हुन्छ। यसले महिलालाई शारीरिक रुपले पुरुषभन्दा बढी स्वस्थ राख्न मद्दत गर्छ।

धेरै पाठक डा. ब्रेनब्रिजको पुस्तकसँग सहमत नहुन सक्छन्। पुस्तक पढ्दा कति ठाउँमा पाठकले असहज पनि महशुस गर्छन्।

‘तल्लो कोटीको मानिएका शारीरिक चाहनालाई हामीले जित्न सकेका छैनौं र बाहिरी शारीरिक रुपलाई हामी अत्यन्त धेरै महत्व दिन्छौं भन्ने तथ्यले हामी चेतनशील प्राणीलाई अप्ठेरो महशुस गराउँछ,’ डा. ब्रेनब्रिज भन्छन्, ‘तर त्यस्ता चाहनाका कारण हामीले लज्जित महशुस गर्नुपर्ने कारण छैन। यौन सम्बन्धका लागि त्यस्तो चाहना आवश्यक हुन्छ। क्रमिक विकासका क्रममा मानिसमा यौन चाहना जागृत भएको समयदेखि मानिसको दिमागमा त्यस्ता चाहना निरन्तर रहेका छन्।’

‘यही गुणले हामीलाई जति अप्ठेरो महशुस भए पनि मानिसको मनबाट यस्तो भावना हट्दैन,’ ब्रेनब्रिजको भनाइ छ।

पुस्तकमा लेखकले खानेबानीमा हुने गडबडी (इटिङ डिसअर्डर) को समस्यालाई पनि जैविक विकासको आँखाबाट व्याख्या गरेका छन्। तर, उनको उत्तर वैज्ञानिक प्रमाणभन्दा अन्दाजमा आधारित छ।

उनका अनुसार मानिसले अत्यधिक धेरै खाने र भोकमरीमा पर्ने समस्या कृषि युगभन्दा अघिको समयमा पनि सामान्य थियो। हिउँदको समय खानेकुरा अभाव हुन्छ। वास्तवमा हिउँदको समय केही जनावरले अत्यन्त थोरै खाने गरेको देखिन्छ। त्यसैले अहिलेको समयमा मानिसको खाने बानीमा देखिएको गडबडी कृषि युग सुरु हुनुअघि खाद्य आपूर्ति अनिश्चित हुनु हो। त्यही विरासत आधुनिक मानिसमा हस्तान्तरण भएको लेखकको तर्क छ।

लेखकका तर्क धेरै मानिसका लागि र खासगरी महिला पाठकका लागि सतही लाग्न सक्छ। विशेषत: कपडा लगाउनु भनेको कसैले शरीर ढाक्नु वा शरीरको रक्षा गर्नु मात्र होइन। आफूले लगाएको पहिरन आफ्नो मनोविज्ञानको एक अभिन्न अंग पनि हो। तर, त्यो सबैले जानेकै तथ्य हो। लेखकले यसमा कुनै रहस्योद्घाटन गरेनन्।

यो पुस्तकले महिला हुनु भनेको के हो वा शरीरले चाहने खाद्य आपूर्ति, शरीरको आकारजस्ता विषयमा विरोधाभाषपूर्ण तर महत्वपूर्ण प्रश्न उठाएको छ। प्रश्न चाखलाग्दो भए पनि लेखकले त्यसको स्पष्ट जवाफ प्रस्तुत गरेका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web