बारा ।

जग्गाको बिषयलाई लिएर बारामा आफनै छोराले बुबा र दाईलाई छुरा प्रहार गरी ज्यान मार्ने प्रयास गरेको प्रहरीले जानकारी दिएको छ ।

स्वर्णपुर गाँउपालिका वार्ड ७ सनफुलवाका प्रकाश प्रसाद यादवले बुबा ६५ बर्षिय जदु राय र दाई परमानन्द यादवलाई शनिवार राती पेटमा छुरा प्रहार गरी घाईते बनाएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिनु भयो ।

बुबा र छोरा कलैयामा उपचार हुन नसके पछि थप उपचारका लागि बिरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पताल बिरगंजमा भईरहेको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।

छुरा हान्ने प्रकाश फरार रहेको र उनको खाजी कार्य भईरहेको रेग्मीले जानकारी दिनु भयो ।

17.42¡ÆC