काठमाडौं,जेठ १४ । आफ्नै घरमा शंकास्पद मृत्युपछि पोस्टमार्टमको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल ल्याईएको राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरको बहिनी मनिषको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ। पारिवारिक स्रोतका अनुसार पोस्टमार्टम सकिएपछि उनको आजै अन्तिम संस्कार गर्न लागिएको हो ।

यति बेला टिचिङ अस्पतालमा मनिषाकी आमासहित आफन्तहरु, विमलका खेलाडी साथी, शुभचिन्तकहरुको भिड लागेको छ। बर्दघाट नगरपालिका९८ नवलपरासीस्थित घरमै मृत अवस्थामा फेला परेकी मनिषाको शवलाई गएराति काठमाडौं ल्याइएको हो।

16.12¡ÆC