रौतहट । रौतहटको चन्द्रपुरबाट प्रहरीले विष्फोटक पदार्थसहित विप्लव नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ । चन्द्रनिगाहपुरमा रहेको होटेल सुदर्शनको कोठा नं. १०५ बाट ३० थान जिलेटिन, २२ थान डेटोनेटर, ४ थान ˆयूजसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरु झापा आँपगाछिका दिलिप थापा र तारा थापा रहेको प्रहरी उपरीक्षक यत्र विनोद पोखरेलले जानकारी दिए । बुधवार राति हेटौडा बाट चन्द्रनिगाहपुर आएका दुवै जना चन्द्रनिगाहपुरको होटेलमा बास बसेका थिए ।

गोप्य सूचनाका आधारमा प्रहरीले दुवैजनालाई गए राति नै पक्राउ गरेको उपरीक्षक पोखरेलले बताए । उनीहरुको साथबाट ४ थान मोबाइल फोन र ग ३ प ३९११ नम्बरको मोटरसाइकल समेत बरामद गगरिएको प्रहरीले जानकारी दिएको छ ।

चन्द्रनिगाहपुरमा विप्लबको गतिविधि बढयो

रौतहटको उतरी क्षेत्र चन्द्रनिगाहपुर तथा चुरे फेदीका बस्तीहरुका विप्लबका कार्यकर्ताहरुको गतिविधि बढेको छ । शनिवार मात्रै विप्लबका कार्यकर्ताले चन्ऽपुर-३ गैंडाटारमा पुल बनाउन प्रयोग भइरहेको स्काभेटरमा आगजनी गरेका थिए ।

पुलको ठेकेदार सँग चन्दा माग्दा नदिए पछि ५/६ जनाको नकाबधारी समूहले चन्द्रपुर र गैडाटार जोडने चादी खोलामा निर्माणाधिन पुलको प्रयोजनका लागि ल्याइएको स्काभेटरमा आगजनी गरेर क्षति पुर्याएका थिए ।

बिप्लव कार्यकर्ताहरुले बन्द गरेका बेला पनि उतरी क्षेत्रको राजमार्गमा ट्रक आगजनीका घटना भएका थिए ।

स्थानीय निर्वाचनमा सुरक्षा चुनौती

दोस्रोे चरणको स्थानीय चुनावको मुखमा आएर ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद भएपछि रौतहट प्रहरीले सुरक्षा चुनौती थपिएको बताएको छ ।

‘स्थानीय चुनावलाई नै लक्षित गरेर विष्फोटक सामग्रीहरु ल्याएको हुनसक्ने प्रारम्भीक अनुमान छ ।’ रौतहटका प्रहरी प्रमुख एसपी यज्ञ विनोद पोखरेलले भने-‘निकट भविष्यमा हुने निर्वाचनमा राजनीतिक रुपमै अवरोध हुने संकेत पनि हो । त्यसैले प्रहरीले सजगता अपनाउनु पर्ने आवश्यकता देखियो ।”

जनतामा डरत्राश र भय उत्पन्न गराउन यस्ता विष्फोटक सामग्रीको प्रयोग गर्ने र निर्वाचनमा कम भन्दा कम व्यक्ति मात्रै सहभागी होस भन्ने उदेश्य उनीहरुको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको छ ।

केही दिन यताको परिस्थितिले सुरक्षा अवस्थालाई थप बलियो बनाउन र प्रहरी परिचालनलाई बाक्लो बनाउनु पर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

22.2¡ÆC