अवैध रुपमा वन फडानी गरी बनाइएको बस्ती खाली गर्न माग

जेष्ठ २४, २०७४ मा प्रकाशित | 817 views

बारा ।

राष्ट्रिय महत्वका गौरव योजनाहरु अन्तराष्ट्रिय विमान स्थल, फास्टट्रेक, रेलवे संञ्चालन गर्ने जस्तो योजना निर्माणमा टागिया बस्तीले अवरोध गर्ने भएको हुदा ती बस्तीलाई बिस्थापित गर्न एक कार्यक्रमका बक्ताहरुले माग गरेका छन् ।

डिएफसिसीले  कलैयामा बुधवार आयोजना गरेको वन अतिक्रमण नियन्त्रण रणनिती २०६८को बैडकमा भाग लिदै सरोकारवालाहरुले स्थानिय प्रशासन संग ती बस्ती बिना सर्त खाली गराउन माग गर्नु भएको सहभागी गिरधारी चौधरीले बताउनु भयो ।

सुक्मवासीका नाममा टागियामा हुकुम्बासीहरुले आफनो बर्चस्व कायम राखेको र तीनिीहरु  दिनानु दिन बनक्षेत्रलाई मासिदै गरेको हुदा ती बस्तीलाई जस्री भए पनि खाली गराउनु पर्ने कुरामा गैर सरकारी संस्था महासंघका अध्यक्ष उतिमलाल चौरसियाले माग गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गरिदै प्रमुख जिल्ला अधिकारी बिजय नारायण मनानधरले कुनै पनि बहनामा बन अतिक्रमण हुन नदिन सबैलाई निर्देशन दिनु भएको थियो । वन क्षेत्रमा बिधालय , खेल गा्रउन्ड, मठ मन्दिर बनाउनमा पनि रोक लगाउनमा स्थानिय प्रशासनको तर्फबाट आफु कटिवद्ध रहेको प्रतिक्रिया दिनु् भयो ।

कार्यक्रममा वन प्रमुख भैरव प्रसाद घिमेरे, जिल्ला समन्वय समितीका संयोजक भरत प्रसाद ढुगना, वन अधिकृत बिन्देश्वर पटेल लगाएकाले वन क्षेत्रलाइ संरक्षण गरिनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web