काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टोली भारत संग मंगलबार हुने मैत्रीपूर्ण खेलका लागि आईतबार भारत प्रस्थान गरेको छ ।

यशियन फुटबल कनफेडरेशन ए यफ सी यशिया कप छनोट तयारी स्वरुप हुने यस अन्तराष्ट्रिय मैत्रीपूर्ण अभ्यास खेल अन्धेरी स्पोर्टस् कमप्लेक्समा मंगलबार साँझ सवा ७ बजे हुनेछ ।

ए यफ सी छनोट अन्तर्गत नेपालले यमन संग यहि जेठ ३० गते काठमाडौँको हलचोक स्थित सशस्त्र प्रहरीको मैदानमा खेल्ने छ ।

ए यफ सी छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्स् संग ४-१ गोल अन्तरले पराजित भएको थियो ।

नेपालका जापानी प्रशिक्षक ग्यातुकी कोजीले फिलिपिन्स् संग खेलेको टोलीमा नभएका दुई नँया खेलाडि राखेका छन् ।

बिमल बस्नेत र हेमन्त थापा मगर पहिलो पटक यमन संग हुने खेलमा नेपालको प्रतिनिधित्व गर्दै छन् ।

ए यफ सी यशिया कप छनोटको नेपाल रहेको समूह यफ मा फिलिपिन्स, यमन र ताजिकिस्तान रहेका छन् ।

फिलिपिन्स र यमनले १/१ खेलमा विजयी हुँदै ३ अङ्क प्राप्त गरिसकेका छन् भने पहिलो खेल हारेका ताजिकिस्तान र नेपालले अङ्क प्राप्त गर्न सकेका छैन्न् ।

25.12¡ÆC