ज्वाइँ–ससुरा फरक–फरक पार्टीका तर्फबाट वडाध्यक्षमा भिड्दै

जेष्ठ २१, २०७४ मा प्रकाशित | 829 views

कोहलपुर ।  कोहलपुर नगरपालिका–८ पिपरीका रेशम खत्री र पूर्णप्रसाद आचार्य नाताले ससुरा र ज्वाइँ हुन् । आसन्न स्थानीय तह निर्वाचनमा उनीहरू एउटै वडाबाट फरक–फरक पार्टीका तर्फबाट चुनावी स्पर्धामा उत्रिएका छन् ।

खत्री एमाले र आचार्य कांग्रेसका तर्फबाट वडाध्यक्ष पदमा चुनावी मैदानमा छन् । ससुरा र ज्वाइँ एउटै वडाबाट निर्वाचनमा होमिएपछि मतदाताहरूमा व्यापक चर्चा छ । खत्री एमालेका पुराना नेता र आचार्य नेपाल विद्यार्थी संघ, बाँकेका जिल्ला अध्यक्ष हुन् । यसअघि उनी केन्द्रीय महाधिवेशन प्रतिनिधि भइसकेका छन् ।

स्थानीय तहको निर्वाच मिति नजिकिँदै गर्दा उनीहरू प्रचारमा व्यस्त छन् । घरदैलो र भेला गरी आफ्नो पक्षमा मतदाता आकर्षित गर्न तल्लीन छन् । प्रचारकै दौरानमा थुप्रैपटक जम्काभेटसमेत हुन्छ । भेट हुँदा ढोगभेट हुन्छ । ‘ससुरासँग भेट हुँदा नमस्कार गर्छु । हालखबर सोध्छु । उहाँले पनि त्यसै गर्नुहुन्छ,’ कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार आचार्य भन्छन्, ‘बिचारले राजनीतिमा लागिन्छ । परिवारिक सम्बन्ध छुट्टै हो ।

राजनीति गर्नु फरक हो ।’ ससुरा र ज्वाइँ एउटै पदमा उम्मेदवार भएपछि परिवारका सदस्य दुविधामा छन् । आचार्य पत्नी सीतालाई बढी दुविधा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web