काठमाडौं ।

अख्तियारले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई पक्राउ गरेको छ । उनले कर फस्र्र्योेट आयोगमार्फत मनपरी कर छुट दिएको भने लगायत विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको आयोगका सहप्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए ।

लाजिम्पाटस्थित आन्तरिक राजस्व विभाग कार्यालय परिसरबाट आयोगको टोलीले शर्मालाई पक्राउ गरेको सहप्रवक्ता रिजालले बताए । ‘हाल उहाँ आयोगको हिरासतमा हुनुहुन्छ,’ उनले भने, ‘छानबिनपछि भ्रष्टाचार प्रमाणित भएमा आयोगले मुद्दा दर्ता गर्नेछ ।’

आयोगले शर्मामाथि अनुसन्धान गर्दै आएको थियो । ‘छानबिनका क्रममा उहाँले पदको दुरुपयोग गरी राज्यले पाउने राजस्वमा असर पुर्याएको देखिएको छ,’ आयोग स्रोतले भन्यो ।

तत्कालीन अर्थमन्त्री रामशरण महतले ०७१ माघ २२ देखि ०७२ असार मसान्तसम्म रहने गरी चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महतको अध्यक्षतामा कर फस्र्र्योेट आयोग गठन गरेका थिए । आयोगमा शर्मा सदस्यसचिव थिए भने उमेश ढकाल सदस्य थिए ।

आयोगले ३० अर्ब ५२ करोडबराबरको निवेदनको फस्र्योट गर्ने क्रममा ९ अर्ब ५४ करोड राजस्व तिर्न लगाएर करिब २१ अर्ब बक्यौता मिनाहा गरेको थियो । आयोगमा १ हजार ७ सय २६ निवेदन परेका थिए । तीमध्ये १ हजार ६९ उजुरीमाथि कारबाही गरी कर बक्यौता मिनाहा दिने निर्णय भएको थियो ।

16.55¡ÆC