भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि टोली घोषणा

जेष्ठ १९, २०७४ मा प्रकाशित | 942 views

काठमाडौं ।

आगामी मंगलबार भारतविरुद्ध हुने मैत्रीपूर्ण फुटबलका लागि एन्फाले २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

एएफसी एसियन कप छनौट अन्तर्गत जेठ ३० गते काठमाडौंमै हुने यमनविरुद्धको खेलको तयारीस्वरुप नेपालले भारतको राष्ट्रिय टोलीसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेल मुम्बईको अंधेरी स्पोर्टस कम्प्लेक्समा हुनेछ ।

नेपाली राष्ट्रिय टोलीका मूख्य प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टिममा केही फेरबदल गरेका छन् । फिलिपिन्सविरुद्धको यसअघिको खेलमा टिममा रहेका केही खेलाडीहरु अहिले समावेश छैनन् भने बिमल घर्तीमगर र हेमन्त थापामगरले टिममा स्थान बनाएका छन् ।

नवयुग श्रेष्ठपनि चोटमुक्त हुँदै टिममा फर्किएका छन् । फिलिपिन्सविरुद्धको टिममा परेका स्ट्राइकर कर्ण लिम्बु यसपटक छनौट भएनन् । डिफेण्डर रविन श्रेष्ठ र मिडफिल्डर हेमन गुरुङ पनि यसपटक टोलीमा छैनन् ।

गोलरक्षकः किरणकुमार लिम्बु, बिकेश कुथु र बिशाल श्रेष्ठ डिफेण्डरः बिराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की र बिमल बस्नेत मिडफिल्डरः रोहित चन्द, बिशाल राई, मेहन गुरुङ, अञ्जन बिष्ट, सुजल श्रेष्ठ र सुमन लामा स्ट्राइकरः बिमल घर्तीमगर, भरत खवास, हेमन्त थापामगर र नवयुग श्रेष्ठ टोलीमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web