विभूषणका लागि ४१ हजारभन्दा बढीको सिफारिस

जेष्ठ १४, २०७३ मा प्रकाशित | 807 views

काठमाडौँ जेठ १४ । गणतन्त्र दिवसमा सरकारले घोषणा गर्ने विभिन्न विभूषणका लागि ४१ हजारभन्दा बढीको सिफारिस भएको छ । विभूषणका लागि अत्यधिक दबाब आएपछि बिहीबारसम्म पनि विभूषण समितिले क–कसलाई दिने भन्ने निर्णय गर्न सकेको छैन ।गणतन्त्र दिवसको अवसरमा सरकारले हरेक वर्ष विभूषण घोषणा गर्दै आएको छ । तर, निश्चित मापदण्डका आधारमा भन्दा पनि सोर्सफोर्सका आधारमा विभूषण दिने प्रवृत्तिले निर्णय हुन नसकेको नयाँ पत्रिकाले जनाएको छ ।

यसपटक पनि नियमित मानपदवी, अलंकार र पदकका लागि मात्र एक हजारभन्दा धेरैको सूची बनिसकेको छ । प्राकृतिक प्रकोप पीडितोद्धार पदकका लागि झन्डै ४० हजारको सूची सिफारिस भएर आएको गृह मन्त्रालय स्रोतले बताएको छ ।

उपप्रधानमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा विभूषण समितिको बैठक केही दिनयता दैनिक बस्दै आएको छ । तर, कतिलाई दिने भन्ने निर्णय हुन सकेको छैन ।

समितिमा गृहमन्त्री सदस्य छन् भने गृहसचिव सदस्यसचिव छन् । अन्य ६ जना स्वतन्त्र व्यक्ति विज्ञका रूपमा सदस्य छन् । स्रोतका अनुसार सुरक्षा निकायकाबाट विभूषणका लागि अत्यधिक दबाब आएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web