चुनाव असार १४ गते गर्ने मन्त्रिपरिषदको निर्णय

जेष्ठ १७, २०७४ मा प्रकाशित | 813 views

काठमाडौ ।

मन्त्रिपरिषद बैठकले दोस्रो चरणको चुनाव असार १४ गते बुधबार गर्ने निर्णय गरेको छ ।

यसअघि जेठ ३१ बाट असार ९ गतेका लागि सारिएको चुनाव ईस्लाम समुदायको पर्व रमजानको महत्वपूर्ण दिन पर्ने भएकाले असार १४ गतेका लागि सार्ने निर्णय भएको हो ।

चुनाव सार्नेबारे प्रधानमन्त्रीले मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको थियो ।

निर्वाचन आयोगले ७४४ वटै स्थानीय तहको चुनाव एकैपटक वैशाख ३१ गते गर्नेगरी तयारीलाई अन्तिम चरणमा पुर्‍याएका बेला त्यसअघि पनि सरकारले राजनीतिक वातावरण कायम गर्ने भन्दै दुई चरण चुनाव गर्नेगरी दोस्रो चरणको चुनाव यही जेठ ३१ गते गर्ने निर्णय गरेको थियो ।

मौसमको हिसाबले असार ९ या १४ मा खासै भिन्नता नभएकाले राष्ट्रिय जनता पार्टी राजपालाई समेत चुनावमा सहभागी गराउन सजिलो हुने गरी सरकारले अर्को मिति घोषणा गरेको हो ।

सरकारले निर्वाचन ऐन संशोधनका लागि संसदमा प्रस्ताव समेत दर्ता गरेको छ ।

राजपालाई उम्मेदवारी मनोनयनमै देखिएको कानुनी जटिलता हटाउन ऐन संशोधन गर्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web