डोल्पा | डोल्पा जिल्लामा लागू औषधको रुपमा प्रयोग हुने अफिम खेति गरेको भेटिएको छ ।

ठुली भेरि नगरपालिका वडा नँ ९ डाँगिवाडा भन्ने ठाँउमा ३ सय वर्ग मिटरमा क्षेत्रफलमा पहिलो पटक अफिम खेति गरेको फेला परेको हो ।

डाँगिवाडा निवासि हरिनन्द डाँगिले उक्त अफिमको खेति गरेको प्रहरिले जानकारि दिएको छ ।

आइतबार बिशेष सुराकीबाट जिल्ला प्रहरि कार्यालय डोल्पाका प्रहरि निरिक्षक पबिन्द बमको नेतृत्व

मा गएको एक टोलीले डाँगिवाडामा खेति गरिएको अफिम पूरै नष्ट गरेको हो । जग्गामा भएको अफिम नष्ट गरिएको र डाँगिको घरमा खानतलासि गर्दा उनको घरबाट केहि ग्राम तयारि पार्दै गरेको अफिम बरामद गरिएको प्रहरि निरिक्षक बमले बताउनु भयो ।

डोल्पा जिल्लामा मदिरा सेवन,सुर्तिजन्य पर्दाथ बाहेक अन्य त्यस्ता लागूऔषधका रुपमा कूनै पनि घटनाहरु घटेको पाइदैन तर एक्कासि डोल्पा जिल्लाको सदरमुकाम भन्दा १२ किलोमिटरको दुरिमा रहेको बस्तिमा अबैध रुपमा अफिमको खेति गरेको फेला परेपछि लागूऔषधको ब्यापार डोल्पामा पनि भित्रिएको र ब्यावसायिक रुपमा गर्ने गरेको आसँका रहेको छ ।

17.4¡ÆC