त्रिभुवन आर्मी एक दिवसीय क्रिकेटको सेमिफाइनलमा

जेष्ठ १३, २०७४ मा प्रकाशित | 841 views

काठमाडौं ।

त्रिभुवन आर्मी क्लब कीर्तिपुरमा जारी प्रधान मन्त्री कप एक दिवशिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

त्रिभुवन विश्व विद्यालयको मैदानमा शनिबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले शुदुर पश्चिमाञ्चल विकाश क्षेत्रको क्रिकेट टोलीलाई ८ विकेटले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको थियो ।

२२ ओभरमा मात्र ५० रन बनाउँदा शुदुर पश्चिमाञ्चलले सबै विकेट गुमाउन पुग्यो । त्रिभुवन आर्मीका लागि जितेन्द्र मुखियाले सर्वाधिक ६ विकेट लिएका थिए ।

मात्र ५१ रनको झिनो विजयी लक्ष्ये त्रिभुवन आर्मी क्लबले ६.३ ओभरमा २ विकेट खर्चेर पुरा गरेको थियो ।

त्रिभुवन आर्मीका लागि ६ विकेट लिने जितेन्द्र मुखिया यस खेलको प्लेएर अफ दि म्याच घोषित भएका थिए ।

यो जित संगै त्रिभुवन आर्मीले समूह बि बाट सेमिफाईनलको यात्र तय गरेको छ भने यसै समूहमा रहेको नेपाल पुलिस क्लबले पनि सेमिफाईनलमा स्थान शुरक्षित पारिसकेको छ ।

यसैगरि समूह बि मा रहेका शुदुर पश्चिम र पूर्वाञ्चल विकास केन्द्रको क्रिकेट टोली भने प्रतियोगिता बाटै बाहिरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web