धादिङ ।

स्थानीय तह चुनावको दिन हत्यामा संलग्न भनिएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं.९ पिपलडाँडाकाको हत्या गर्ने दाङका अर्जुन बुढामगरलाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका अर्जुनले लक्ष्मणको हत्या आफैंले गरेको प्रहरी सामु स्वीकार गरेका छन् ।

ससुराली आएका अर्जुनले लक्ष्मणको हत्या गरेको पुष्टि भएको छ ।

पसल फुटाएर रक्सी चोर्न लाग्दा लक्ष्मणले देखेपछि गाउँमा हल्ला फैलाउने र ससुराली गाउँमा आफ्नो इज्जत बचाउनका लागि लक्ष्मणको नै हत्या गरेको अर्जुनले प्रहरीमा बयान दिएका छन् ।

16.65¡ÆC