सप्तरी ।

बर्षा सँगै परेको चट्याङ लागेर सप्तरीमा आज दुई जनाको मृत्यु भएको छ । सुरुङ्गा नगरपालिका–४ की रवीना चौधरी र अनुमाननगर कंकालनी नगरपालिका –४ को सुरेन मुखिया लाई चट्याङ लागेर मृत्यु भएको हो ।

घर अगाडी गाईगोठमा गाईलाई दाना खुवाउन जाने क्रममा परेको चट्याङ लागेर चौधरीको घटनास्थलमै मृत्यु भए छ भने मुखिया घरमा बसीरहेको बेला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै मौरीको टोकाईबाट पर्साको सखुवा प्रसौनी गाउपालिका वडा नम्बर २ औराहाका ४५ वर्षीय भगेलु साहको मृत्यु भएको हो ।

खेतमा काम गरिरहेका साहलाई आज विहान अचानक सिंकोश मौरीको आक्रोशित समूहले टाउको लगायत शरिरका विभिन्न स्थानमा टोकेको र उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल ल्याउदै गर्दा विच बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

16.92¡ÆC