पाल्पा ।

पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामा ढुङ्गाले च्यापेर एक बालिकाको ज्यान गएको छ ।

घर नजिकैको कामीडाँडा जङ्गलमा घाँस काट्न गएकी साठ्ठीकोलकी १३ वर्षीय पेमासरा रुचालको बिहीबार विहान माथिबाट खसेको ढुङ्गाले च्यापेर मृत्यु भएको स्थानीय दानबहादुर ठाडाले जानकारी दिनुभयो ।

जन प्रकाश आधाभूत विद्यालय कक्षा–६ मा अध्ययनरत पेमा, दीदी धनीसरा र भाई नविन्द्रसँगै घाँस काट्न गएका थिए ।

उनको उपचारको लागि तानसेन ल्याउदै गर्दा बाटोमै ज्यान गएको हो ।

16.06¡ÆC