यी हुन् प्रधानमन्त्रीको सम्बोधनमा समेटिएका स्वास्थ्यका १५ विषय

जेष्ठ १०, २०७४ मा प्रकाशित | 1131 views

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशबासीका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट देशबासीका नाममा सम्बोधन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा भएका उपलब्धिहरुको फेहरिस्त प्रस्तुतत गरेका छन्। जसमा स्वास्थ्यका १५ उपलब्धि समेटिएको छ। सम्बोधनमा उनले आफ्नो कार्यकालमा जनस्वास्थ्यका क्षेत्रमा थुप्रै नीतिगत र कार्यक्रमिक सुधार भएको भन्दै स्वास्थ्यका उपलब्धि प्रस्तुत गरेका छन्।

स्वास्थ्य क्षेत्रका १५ उपलब्धि

१. सबै प्राथमिक स्वास्थ्य केन्द्रसम्म कम्तिमा २ चिकित्सक, स्थानीय स्वास्थ्य संस्थासम्म निशुल्क औषधि र उपकरणको व्यवस्था गरिएको छ।
२. अस्पतालमा ओपिडी सेवाको समय बढाइएको छ।
३. सरकारी अस्पतालमा आफ्नै फार्मेसी अनिवार्य गरिएको छ।
४. डाइलाइसिस सेवासँगै बाथ, मुटुरोग, मिर्गौला प्रत्यारोपण निःशुल्क गरिएको छ।
५. महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण, नसर्ने रोगको परीक्षणलाई स्थानीय तहसम्म बिस्तार गरिएको छ।
६. नेपालगञ्ज र जनकपुरमा मुटुरोग र नेपालगञ्जमा क्यान्सर उपचार बिस्तार गरिएको छ।
७. सबै नेपालीलाई स्वास्थ्य बीमामा आवद्ध गराउन ‘स्वास्थ्य बीमा विधेयक’ र समग्र स्वास्थ्य क्षेत्रलाई समेटेर बनेको ‘राष्ट्रिय स्वास्थ्य विधेयक’ मन्त्रिपरिषदबाट स्वीकृत भई संसदमा पेश हुने चरणमा छ।
८. ‘प्रजनन स्वास्थ्य विधेयक’ अन्तिम चरणमा छ।
९. स्वास्थ्य जनशक्ति, पूर्वाधार र उपकरणलाई एकीकृत रुपमा विकास गर्न एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना अगाडि बढाइएको छ।
१०. सेवाका आधारमा अस्पतालको वर्गीकरण गरी संघीय संरचनाअनुरुप प्रत्येक स्थानीय तहमा एक प्राथमिक अस्पताल हुने गरी प्रादेशिक र संघीय तहमा स्वास्थ्य सेवा र संरचनासहितको मापदण्ड स्वीकृत गरिएको छ।
११. यस वर्षलाई ‘मेरो वर्ष, म स्वस्थ, मेरो देश स्वस्थ’ अभियानको रुपमा मनाइँदै छ।
१२. मुटु, मिर्गौला, क्यान्सर, पार्केन्सन, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल कर्ड इन्जुरी, सिकलसेल एनिमिया, मस्तिष्कघात, कलेजो, फोक्सो र थाल्सेमियर गरी १२ वटा प्राणघातक रोगहरुको उपचारका लागि एक लाखसम्मको खर्च सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ।
१३. सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रम कैलाली, बाग्लुङ, इलाम, बैतडी, अछाम, पाल्पा, कास्की र म्याग्दीमा सञ्चालन भइरहेको छ र यो कार्यक्रमलाई क्रमशः देशभरी सञ्चालन गरिने व्यवस्था मिलाइएको छ।
१४. नेपाली सेना र नेपाल प्रहरीको अस्पतालमा सर्वसाधारणले उपचार गर्न सक्ने गरी अस्पताललाई सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ।
१५. वर्षौंदेखि बन्द रहेको नेपाल औषधि लिमिटेड सञ्चालनमा ल्याउन र औषधि उत्पादन सुरु गर्न सकिएको छ। - swasthyakhaba

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web