राजिनामा संघारमा प्रधानमन्त्रीद्धारा आधा दर्जन नियुक्ती, २२ स्थानिय तह र दुई महानगर थप

जेष्ठ ९, २०७४ मा प्रकाशित | 904 views

काठमाडौं ।

आज पदबाट राजिनामा दिने तयारी गरिररहेका प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघिका सरकारकै शैलि पछ्याउँदै पदबाट हट्नुअघि आधा दर्जन नियुक्ती सँगै विवादास्पद स्थानिय तह थप र महानगर घोषणा गरेका छन् ।

आइतबार राती बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्रीले  केही गाँउपालिका थप गर्ने तथा केही गाँउपालिकालाई नगरपालिका बनाउने गरी १२ जिल्लामा २२ स्थानीय तह थप गर्ने निर्णय गराएका हुन् ।

मन्त्रिपरिषदको बैठकले बिराटनगर र वीरगञ्ज उपमहानगरपालिकालाई महानगर बनाउने र तराईका १२ जिल्लामा २२ स्थानीय तह थप गर्ने निर्णय गरेको छ ।

त्यसै गरी बैठकले पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि भनि भर्ना गरेका म्यादी प्रहरीको म्याद दोस्रो चरणको निर्वाचन सम्पन्न नहुँदा सम्मका लागि थप गर्नुको छ ।

सरकारले उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा गठन गरेको कार्यदलको प्रस्ताव अनुसार स्थानीय तहको संख्या बढाउने निर्णय गरेको बताएको छ ।

सरकारको निर्णय संगै सर्लाही, नवलपरासी, रुपन्देही, कपिलवस्तुमा ३।३ वटा, सुनसरी, पर्सा र रौतहटमा २।२ वटा र बारा, सप्तरी, धनुषा, बाँके र कैलालीमा १।१ वटा स्थानीय तह थप भएका छन ।

यो निणर्य संगै देशमा महानगरहरुको संख्या ६ पुगेको छ भने स्थानीय तहको संख्या ७६६ पुगेको छ ।

यसैगरि पदबाट हट्नु अघि आफु निकटकालाई विभिन्न पदमा नियुक्त गर्ने यसअघिका प्रधानमन्त्रीहरुको शैलि पछ्याउँदै प्रधानमन्त्री दाहालले पञ्चेश्वर विकास प्राधिकरणको कार्यकारी निर्देशकमा कानुन मन्त्रालयका सहसचिव कोशलचन्द्र सुवेदीलाई नियुक्त गर्ने, नेपाल पशुचिकित्सा परिषद्का अध्यक्षमा डा सीताराम अर्याल, सदस्यमा डा स्वयम्प्रसाद श्रेष्ठ र रजिस्टारमा डा नारायणप्रसाद घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

दुग्ध विकास संस्थानको सञ्चालक समितिको अध्यक्षतामा रघुनाथ गौतमलाई नियुक्त गरिएको छ । सरकारले भलिबल खेललाई राष्ट्रिय खेलका रुपमा मान्यता प्रदान गर्ने निर्णय समेत गरेको संचारमन्त्री कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web