जापानबाट नेपाल पैसा पठाउन वेस्टर्न युनियनसँग न्यूआईटी भेन्चरको सम्झौता

जेष्ठ ७, २०७४ मा प्रकाशित | 923 views

टोकियो ।

न्यूआईटी भेन्चर कर्पोरेशन एनआइटिभीले नेपाल पैसा पठाउन वेस्टर्न युनियन मनी ट्रान्सफरसँग आधिकारीक सम्झौता गरेको छ ।

एनआइटिभीले जापानमा रहेका नेपाली सहित दक्षिण एसियाली मुलुकका नागरिकका लागि सुरक्षित रुपमा पैसा पठाउने तथा मगाउनेुरिसिभर तथा सेण्डरु सुविधा सहितको रेमिट सेवा संचालनका लागि आधिकारीकता पाएको हो ।

यसले जापानमा रहेका दक्षिण एसियाली समुदायका नागरिकहरु प्रत्यक्ष लाभांवित हुने ठानिएको छ ।

न्यूआईटी भेन्चर कर्पोरेशन एनआइटिभीका प्रमुख कार्यकारी अधिकृत सिइओ कमल अधिकारी र वेस्टर्न युनियनका दक्षिण एसिया निर्देशक वाइ लियुगं थागं बीच सहकार्यका लागि संम्झौता भएको हो ।

संम्झौता पश्चात वेस्टर्न युनियनका जापान निर्देशक एइजी कोवायासीले जापानमा रहेका विदेशीहरुका विभिन्न सेवा दिदै आएको न्यूआईटी भेन्चर कर्पोरेशनसंगको सहकार्यले नयाँ समुदायमा सेवा विस्तार गर्न पाएकोमा खुसी व्यक्त गरे ।

यस्तै जापानमा रहेका विदेशीहरुका लागि सहज रुपमा छिटो र सुरक्षित रेमिटयान्स प्रदान गर्ने वेस्टर्न युनियनसंगको सहकार्यले ग्राहकहरुले थप नयाँ सेवा पाउने एनआइटिभीका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।

प्रमुख कार्यकारी अधिकृत अधिकारीले ग्राहकहरुको मागलाइ ध्यानमा राखी एनआइटिभीले हाललाइ वेस्टर्न युनियनको सेवा टोकियोको दुइ स्थान सिनओकुवो र काचुसिका कु आओतोबाट प्रारम्भिक रुपमा सेवा सुरु गर्ने जानकारी दिउ ।

हाल जापानबाट एकतर्फि रुपमा रकम पठाउन मिल्ने रेमिटयान्स सेवा प्रदायकहरु रहेपनि दुइतर्फि पठाउन र पाउन समेत लिने मिल्ने सुविधा पहिलो पटक रहेको एनआइटिभीले दावी गरेको छ ।

यसैबीच एनआर्इटिभीले वेस्टर्न युनियनको नयाँ काउन्टर पार्टनरका लागि जापानका मुख्य शहरहरुमा समेत सेवा विस्तार गरिने जनाएको छ । हाल टोकियोको दुइ स्ठानबाट सेवा सुरु गरे लगत्तै अन्य शहरहरुमा पनि नयाँ एजेन्ट मार्फत सेवा दिने तयारी सुरु गरिएको छ ।

न्युआईटिभेन्चरले इन्टरनेट प्रोटोकल टेलिभिजन प्लेटफर्म मार्फत जापान लगायत विश्वभरिका नेपाली सहित २५ भन्दा बढी मुलुकका टेलिभिजन च्यानल सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web