पदबाट हट्नु अघिनै प्रधानमन्त्री दाहालले बहुचर्चित काठमाडौँ तराई द्रुतमाग उद्घाटन गर्ने

जेष्ठ ६, २०७४ मा प्रकाशित | 944 views

काठमाडौं ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ तराई द्रुतमार्ग निर्माणको प्रक्रिया सुरु हुने भएको छ ।

आयोजनाको शिलान्यास गर्ने तयारी अघि बढाईएपछि वर्षोदेखी अन्योलमा परेको दु्रतमार्ग निर्माण अघि बढ्ने निश्चित भएको हो ।

प्रधानमन्त्रीले बहुचर्चित र बहुप्रतिक्षित तराई मधेसलाई काठमाडौँ जोड्ने उक्त आयोजनाको शिलान्यास गर्ने र प्रक्रिया अगाडि बढाउने लक्ष्यका साथ आवश्यक तयारी गर्न सम्बन्धित सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिनुभएको छ ।

उहाँले आफू प्रधानमन्त्री भएकै बेला नै द्रुतमार्ग नेपाली लगानीमा अगाडि बढाउने र आफैले शिलान्यास गर्ने बताउँदै आउनुभएको थियो ।

प्रधानमन्त्री कार्यालयकाअनुसार प्रधानमन्त्रीले यही जेठ १४ गते सो आयोजनाको शिलान्यास गर्ने तयारी गर्नुभएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदनका आधारमा सरकारले केही दिन पहिले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web