गोरखा ।

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका प्रमूख रहेका डा. बाबुराम भट्टराईको जिल्ला गोरखामा नेपाली कांग्रेसले चार वटा गाउँपालिकाका प्रमुख र तीन वटा गाउँपालिकामा उपप्रमुख पदमा बिजयी हासिल गरेको छ । एक गाउँपालिकामा माओबादी केन्द्रले उपप्रमुख जितेको हो ।

चुमनुब्री गाउँपालिकाको प्रमुखमा कांग्रेसका धनबहादुर गुरुङले १२५३ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओबादी केन्द्रका लाक्पा डुण्डप लामाले ११८५ मत ल्याउनुभएको थियो । उपप्रमुखमा माओबादी केन्द्रकी धनकुमारी गुरुङले १२८५ मत ल्याउनुभयो भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी छेवाङ लामाले ९८८ मत ल्याउनुभएको हो ।

यस्तै कांग्रेसले गण्डकी गाउँपालिकामा प्रमुख र उपप्रमुख पदमा बिजयी हासिल गरेको छ । कृषि बिकास बैंकबाट हालै राजिनामा दिएर निर्वाचन लडेका कांग्रेसका उमेद्वार होमबहादुर रानाले ४१६४ मत ल्याउनुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा माओबादी केन्द्रका दिपक तिमिल्सीनाले ३८९० मत ल्याउनुभयो ।

उपप्रमुखमा नेपाली कांग्रेसकी ललिता अधिकारीले ४०९७ मत ल्याएर बिजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी पूर्णा थापाले ३८७३ मत ल्याउनुभएको हो ।

यस्तै कांग्रेसले सिरानचोक गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको छ । प्रमुखमा राजु गुरुङले ३४०२ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओबादी केन्द्रका नवराज पूडासैनीले ३२३५ मत ल्याउनुभएको निर्वाचन अधिकृत कृतनराज पौडेलले जानकारी दिनुभयो ।

उपप्रमुखमा कांग्रेसकी रिता देवकोटाले ३४११ मत ल्याउनुभएको छ । निकटतम प्रतिद्वन्द्वी माओबादी केन्द्रकी दीपा गुरुङले ३२२६ मत ल्याउनुभएको हो । सिरानचोक गाउँपालिकाको १, २, ३, ४, ६, ७ वडा कांग्रेसले जितेको छ । वडा नं. ५ नयाँ शक्ति पार्टी र वडा नं. ८ माओबादी केन्द्रले जितेको हो ।

साथै अजिरकोट गाउँपालिकामा ३०३३ मत ल्याएर कांग्रेसका फणिन्द्र धिताल बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओबादी केन्द्रका दिपक देवकोटाले २७०२ मत ल्याउनुभयो । यस्तै उपप्रमुखमा कांग्रेसकी चन्द्रमाया गुरुङले ३०३३ मत ल्याउनुभयो । साथै निकटतम प्रतिद्वन्द्वी माओबादी केन्द्रकी अनिता भुजेलले २६४२ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गोरखा नगरपालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख पदमा अग्रता कायमै राखेको छ । यस्तै पालुङटार नगरपालिकामा नयाँ शक्ति पार्टीले प्रमुख र उपप्रमुखमा अग्रता लिएको छ । एघार वटा स्थानीय तह रहेको गोरखामा आरुघाट, धार्चे, सहिद लखन गाउँपालिकामा मतगणना भइरहेको छ । अधिकांश वडामा कांग्रेसले बिजयी हासिल गरेको छ ।

23.12¡ÆC