सोलुखुम्बु ।

महाकुलुङ गाँउपालिका–१ बस्ने ४० वर्षीय चन्द्रप्रकाश राईलाई गत वैशाख २७ गते सोही ठाउँ बस्ने २४ वर्षीय डिकबहादुर राई, १९ वर्षीय बिकास राई र २१ वर्षीय गौरब राईले कुटपिट गरी गम्भीर घाइते बनाएकोले स्वास्थ्य चौकी सोताङ पठाएकोमा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।

कुटपिटमा संलग्न तीनै जना अभियुक्तलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मृत फेला

रोल्पा, ३ जेठ

प्युठान तिरङवा घर भई हाल सुबर्णवती गाँउपालिका–५ मा मोटर बाटो खन्ने स्काईभेटर चालक ३६ वर्षीय चेतन श्रेष्ठ मंगलबार सुतिरहेको अबस्थामा मृत फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

डुबेर मृत्यु

कञ्चनपुर ः भिमदत्त नगरपालिका–२ भासी बस्ने डम्बर लोहारको ६ वर्षीय छोरा रोशन लोहार सोही ठाउँमा रहेको कान्दा नदीमा मंगलबार नुहाउने क्रममा डुबेर बेहोश भएकोले महाकाली अंचल अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

रुपन्देही ः तिलोत्तमा नगरपालिका–९ प्रेम नगरस्थित नहर नजिक खेल्ने क्रममा मंगलबार स्याङ्जा कालिगण्डकी नगरपालिका–६ घर भई हाल सोही ठाउँ स्थित शंकरनगर बस्ने ३ वर्षीय आमोश थापा नहरमा खसेकाले स्थानियाबासीले उद्धार गरी उपचारको लागि क्रिमसन अस्पताल मणीग्राम पठाएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

दाङ ः गढवा गाँउपालिका–५ बस्ने देउनारायण चौधरीको १३ वर्षीया छोरी रूमा चौधरी मंगलबार सोही ठाउँ स्थित मगरी भन्ने स्थानमा राप्ती नदीमा डुबेर मृत फेला परेकी छिन् ।

यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

16.65¡ÆC