कीर्तिपुर नगरपालिकामा एमालेको प्यानलै अगाडि

जेष्ठ २, २०७४ मा प्रकाशित | 845 views

काठमाडौं ।

कीर्तिपुर नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरु प्रमुख र उपप्रमुखदेखि प्यानल मै अगाडि देखिएका छन ।

अहिलेसम्मको मतगणना अनुसार नगर प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार रमेश महर्जन १,५०४ मतका साथ अग्र स्थानमा हुनुहुन्छ ।

नेपाली कंग्रेसका उम्मेदवार राजकुमार नकर्मी १,१३१ मतका साथ दोश्रो स्थानमा तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार हिराबहादुर महर्जन ७४७ मतका साथ तेश्रो स्थानमा हुनुहुन्छ ।

यसैगरी उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार सरस्वती खडका १,२८२ मतका साथ पहिलो स्थानमा, नेपाली कंग्रेसका विमला विष्ट ९८२ मतका साथ दोश्रो तथा नेकपा माओवादी केन्द्रका सुशिला बस्नेत ७३६ मतका साथ तेश्रो स्थानमा हुनुहुन्छ ।

कीर्तिपुर नगरपालिकाको १० वडा मध्ये अहिलेसम्म दुइ वडाको मतगणना कार्य सकिएको छ ।

नगरको वडा नम्बर १ र २ को वडाध्यक्ष सहित पुरै प्यानलमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । विगतको चुनावहरुमा यि दुवै वडा कंग्रेसको गढ मानिन्थ्यो ।

८३ प्रतिशत मतदान भएको कीर्तिपुरमा २३ हजार ६३३ मत खसेको छ ।

कीर्तिपुरमा नगर प्रमुख पदमा १५ जना र उपप्रमुख पदमा ८ जना सहित २६४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web