ताप्लेजुङमा खुकुरी प्रहार गरी हत्या गर्ने पक्राउ

ताप्लेजुङ

फुङलिङ नगरपालिका–७ स्थित दोखु घर भई हाल फुङलिङ.नगरपालिका–४ स्थित डेरा गरी बस्ने २६ वर्षीय सुवाहाङ लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा फुङलिङ नगरपालिका–१० बस्ने १८ वर्षीय सुमन फुरुम्बुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुलाई फुरुम्बु लगायत ३/४ जनाले टाउको र पेटमा खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएकाले जिल्ला अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

खुकुरी प्रहार गर्ने अन्य व्यक्तिहरुको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

TOP