राजबिराज ।

सप्तरीको कचनरुप नगरपलिका ८स्थित राजमार्गमा सोमबार बिहान ट्रकको ठक्करबाट एक बृद्ध घाईते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ५६०१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री भारत मुसिराबाद ९ का ७२ बर्षिय इसलाम सेख घाईते भएका हुन् ।

घाईते बृद्धको स्थानीय मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । ट्रक र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

17.29¡ÆC