स्थानीय तहको निर्वाचन भएको खुसीयालीमा खोटाङमा दीप प्रज्वलन

बैशाख ३१, २०७४ मा प्रकाशित | 646 views

खोटाङ ।

झण्डै २० वर्षपछि स्थानीय तहको निर्वाचन भएको खुसीयालीमा खोटाङमा दीप प्रज्वलन गरिएको छ । लामो प्रतिक्षापछि स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै नेपाली कांग्रेसले आईतबार साँझ सदरमुकाम दिक्तेलको त्रिबेणीचोकमा दीप प्रज्वलन गरेको हो ।

२० वर्षपछि स्थानीय तहको निर्वाचन भएको र नयाँ संविधान कार्यान्वयन भएको खुसीयालीमा कांग्रेसले प्रतिकात्मक रुपमा २० वटा मैनवत्ती बालेर निर्वाचनको स्वागत गरेको छ ।

पहिलो चरणको निर्वाचन सफल र शान्तिपूर्ण वतावरणमा सम्पन्न भएको खुसीयाली बाँड्न दीप प्रज्वलन गरिएको नेपाली कांग्रेस खोटाङका अध्यक्ष नरेश श्रेष्ठले बताउनुभयो । स्थानीय निर्वाचनले संविधान कार्यान्वयनको चरणमा देश प्रबेश गरेको कांग्रेसले जनाएको छ ।

‘बीस वर्षपछि स्थानीय तहको निर्वाचन भएको छ, संविधान कार्यान्वयन भएको छ,’ कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भन्नुभयो, ‘हाम्रो अधिकार सुरक्षित भएको र सिंहदरबार गाउँ–गाउँमा पुगेको खुसीयालीमा दीप प्रज्वलन गरिएको हो ।’

कांग्रेसले आगामी जेठ ३१ गतेको निर्वाचनमा पनि उत्साहपूर्वक सहभागीता जनाउन र निर्वाचनलाई सफल बनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web