वान बेल्ट वान रोडमा भारतीय बिरोधका बिच नेपालको हस्ताक्षर

बैशाख २९, २०७४ मा प्रकाशित | 846 views

काठमाडौं ।

चीनले अघि सारेको वान बेल्ट वान रोडको बिरोध र त्यसमा सहभागी हुनबाट नेपाललाई रोक्ने प्रयास गरेपनि भारतीय बिरोधको वेवास्ता गर्दै नेपालले त्यसमा हस्ताक्षर गरेको छ ।

शुक्रबार विहान परराष्ट्र सचिव शंकर दाश बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री प्रकाशशरण महतको पनि उपस्थिति रहेको थियो ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा सहमति जनाउँदै हस्ताक्षर गर्ने निर्णय गरेको थियो ।

केही समय अघि चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहालले ओबीओआरमा हस्ताक्षर गर्ने बचन दिएका थिए । त्यसअनुसार सरकारको कार्यकालको अन्त्यतिर ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय भएको हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा यो अवधारणा अघि सारेका थिए । चीनले यसमा नेपालको समर्थनलाई निकै महत्वका साथ लिएको थियो । तर, यसमा दक्षिणी छिमेकी मुलुक भारतले हस्ताक्षर गरेको छैन । त्यही कारण नेपालले पनि आनाकानी गरेको आशंका गर्ने गरिएको थियो ।

तर, अब यो तोडिएको छ । ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर भएसँगै चीनले नेपालमा सडक, रेल सञ्जाल लगायतमा आर्थिक सहायता उपलब्ध गराउनेछ ।

भारतले भने चीनको यो कदमलाई आफु बिरुद्ध एशियाली देशहरुलाई बटुलेर एक्ल्याउने चीनियाँ रणनीति भन्दै नेपाललाई यसमा सहभागी हुनबाट रोक्न दबाव दिंदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web