काठमाडौंमा अहिलेसम्मकै ठूलो धनराशीको क्रिकेट प्रतियोगिता हुने

बैशाख २८, २०७४ मा प्रकाशित | 886 views

काठमाडौं ।

काठमाडौमा अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशीको क्रिकेट प्रतियोगिता हुने भएको छ ।

जेठ ९ गतेदेखि २४ गतेसम्म हुने प्रतियोगितामा पाँच विकास क्षेत्रका एकरएक सहित आर्मी, प्रहरी र सशस्त्र प्रहरी गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय खेलकुद परिषद्को र काठमाडौं क्रिकेट टेनिङ सेन्टरको आयोजनामा प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै सेमिफाइनलमा पराजित हुने टिमले ५० हजार रुपैयाँ र लिगका खेल जित्ने टिमले एक खेल जितेबापत २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको म्यान अफ दि सिरिजले १ लाख रुपैयाँ तथा उत्कृष्ट ब्याट्स्म्यान र उत्कृष्ट बलरले ५०/५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । म्यान अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको लागि १ करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा ५० लाख रुपैयाँ राखेपले बेहोर्ने र बाँकी विभिन्न प्रायोजकहरुबाट संकलन गरिने राखेपका सदस्यसचिव केशव विष्टले जानकारी दिनुभयो ।

सरकारले गएको जेठमा जारी गरेको निती तथा कार्यक्रममा सर्वा्धिक पुरस्कार राशीको प्रतियोगिता गर्ने घोषणा गरेपनि विभिन्न समस्याका कारण बर्खा लागेपछि मात्रै प्रतियोगिता गर्न सम्भव भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताबारे जानकारी दिन भएको पत्रकार सम्मलेनमा राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले आगामी असोजमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीको लागि यो प्रतियोगिता कोसेढुंगा सावित हुने बताउनुभयो । पुराना खेलाडीको प्रदर्शनमा निखारता आउने र नयाँ खेलाडीले पनि अवसर पाउने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web