स्थानीय तह निर्वाचनमा शीर्ष नेताद्वारा प्रतिबद्धतामा हस्ताक्षर

बैशाख २७, २०७४ मा प्रकाशित | 575 views

काठमाडौं ।

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले निर्वाचन आयोग समक्ष स्थानीय तह निर्वाचनको सुव्यवस्थापनमा सहयोग पु¥याउने सामूहिक प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचनको तयारी, शान्ति सुरक्षा, आचार संहिता र मतदाता शिक्षामा र निर्वाचनको समग्र तयारीका विषयमा निर्वाचन आयोगमा भएको छलफलपछि  प्रमुख दलका शीर्ष नेताले समूहिक प्रतिबद्धतामा हस्ताक्षर गर्नुभएको हो ।

त्यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचन समग्र रुपमा उत्साहजनक ढंगले अघि बढेको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छोटो समय र राजनीतिक जटिलताका बीच आयोगले गरेको तयारी प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारले कतिपय आवश्यक निर्णयहरु निर्वाचन आयोगको स्वीकृतिमा गरेकाले आचार संहिता उल्लंघन नभएको प्रष्ट गर्नुभयो ।

उहाँले निर्वाचनका सन्दर्भमा दोलखा लगायत मुलुकका विभिन्न स्थानमा भएका घटनालाई सरकारले गम्भीर रुपमा लिएको र गोरखा घटनामा सरकारले हस्तक्षेप नगरेको प्रष्ट गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले स्वच्छ, स्वतन्त्र र विश्वासनीय निर्वानको सुव्यवस्थापनमा दलहरुको अग्रणी भूमिका रहने बताउनुभयो ।

प्रमुख आयुक्त डा. यादवले पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि कानूनी र प्राविधिक रुपले मतगणना तत्कालै गर्नुपर्ने जानकारी दिनुभयो ।

प्रतिवद्धतामा प्रधानमन्त्री एवं नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदार, जनशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई, राप्रपाका नेता बुद्धिमान तामाङ, सघीय समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

साक्षात्कारमा प्रमुख आयुक्त डा. यादवले जेठ ३१ को दोश्रो चरणको निर्वाचनको मिति तलमाथि गर्न नहुने उल्लेख गर्दै त्यसलाई सारियो भने आयोगले तयारी गर्न नभ्याउने जानकारी दिनुभयो ।

उहाँले सरकारले बजेट ल्याउन सक्ने तर आचार संहिता अनुकूल हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web