काठमाडौं,बैशाख २७ – नेपाली कांग्रेसले काठमाडौंका सबै नगरपालिकामा एमालेसँग मुख्य प्रतिस्पर्धा रहेको विश्लेषण गरेको छ। केही स्थानमा भने माओवादी केन्द्र, राप्रपा लगायतका दलसँग पनि प्रतिस्पर्धा हुने कांग्रेसको विश्लेषण छ। कांग्रेसले संविधानसभाको दोस्रो निर्वाचनमा जस्तै परिणाम आफ्नो पक्षमा आउने दाबी गरेको छ।

एमालेले स्थानीय तह निर्वाचनमा काठमाडौंका १० वटै स्थानीय तहमा नेपाली कांग्रेसलाई आफ्नो मूख्य प्रतिस्पर्धी मानेको छ। कांग्रेसपछि राप्रपा र माओवादी केन्द्र प्रतिस्पर्धामा आउने एमालेको आंकलन छ। माओवादी केन्द्र काठमाडौंका सबै स्थानीय तहमा तालमेलविनै एक्लै चुनावी मैदानमा उत्रिएको छ। माओवादी केन्द्रले काठमाडौं उपत्यकामा कांग्रेस र एमालेसँग प्रतिस्पर्धा हुने आंकलन गरेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

20.12¡ÆC