पैसावाललाई हातहातै ‘टिकट’

बैशाख २६, २०७४ मा प्रकाशित | 601 views

रुकुम,बैशाख २६ – चौरजहारी नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुख पदमा उम्मेदवारी धेरै लागिपरेका थिए। तर, पार्टीले एक महिनाअघि नेपाल बैंक लिमिटेडको जागिरबाट रिटायर्ड भएका बलवीर गोसाई टिकट दियो।

‘आर्थिक रुपमा सशक्त हुनु र पार्टीका जिल्ला सभापतिसँग राम्रो सम्बन्ध भएकाले उहाँले टिकट पाउनुभयो’, कांग्रेसनिकट एक कार्यकर्ताले भने,‘पार्टीमा राजनीतिक लगानी गरेको भन्दा पनि चुनावमा पैसा खर्च गर्न सक्ने व्यक्तिलाई टपक्क टिप्दा इमानदार कार्यकर्ता ओझेलमा पर्ने अवस्था आयो।’ प्रदेश नं ६ को नगर निर्वाचनमा राजनीतिलाई जीवनको अभिन्न अंग बनाएका कार्यकर्तालाई उछिनेर टिकट पाउने गोसाईं एक्लो व्यक्ति होइनन्।

जीवनको लामो कालखण्ड ठेक्कापट्टा, व्यापार व्यावसाय र अन्य धन्दामा बिताएर टिकट हात पार्ने उनीजस्ता थुप्रै भाग्मानी छन्। तीमध्यका हुन्, डोल्पा ठूलिभेरीका गणेशबहादुर शाही। एमालेबाट प्रमुखको उम्मेदवार बनेका शाही डोल्पा मात्र होइन पश्चिमकै चर्चित निर्माण व्यवसायी हुन्। पार्टीमा निरन्तर सक्रिय भएका थुप्रै आकांक्षीका अगाडि उनको आर्थिक हैसियत तगारो बनिदियो। ठूलिभेरीमा पार्टी जिल्ला सचिव नन्दसिंह बुढा र पूर्वउपाध्यक्ष एवं हालका सचिवालय सदस्य नरबहादुर बुढा तीव्र आकांक्षी थिए।

तर, टिकट शाहीले हत्याए। ‘हुन त पार्टीमा उहाँ (शाही) भन्दा हामी हरेक हिसाबले माथि छौं, तर टिकट दिने निकायले उहाँलाई पत्यायो’, सचिव बुढाले भने, ‘पार्टीले निर्णय गरेपछि हामीले कसरी बिरोध गर्न मिल्छ?’ शाही केही वर्षयता राजनीतिभन्दा निर्माण व्यवसायमा संलग्न भएको र उनले जनमत आकर्षित गर्न सक्ने भएकाले पार्टीले टिकट दिएको हुन सक्ने उनले बताए।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web