अत्तरीया कप महिला क्रिकेटको फाइनलमा सशस्त्र र राईजिङ्ग क्रिकेट वुमन्स् काठमाडौं

बैशाख २५, २०७४ मा प्रकाशित | 727 views

काठमाडौंं ।

सशस्त्र प्रहरीको ए पि यफ क्लब र राईजिङ्ग क्रिकेट वुमन्स् काठमाडौँ अत्तरीया कप महिला टि २० क्रिकेट प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।

कैलालीको अत्तरीया स्थित शसस्त्र प्रहरी वलको खेल मैदानमा सोमबार भएको पहिलो सेमिफाईनलमा ए पि यफ ले आयोजक कैलाली जिल्ला क्रिकेट एकेडमिलाई ५ विकेटले पराजित गर्दै फाईनलको यात्रा तय गरेको हाम्रा कैलाली समाचारदाता जगत साउदले जनाएका छन् ।

पहिलो ब्याटिङ्ग गरेको ए पि यफ ले २० ओभरमा ५ विकेटको क्षेतीमा १ सय ५० रन बनाएको थियो ।

आयोज कैलाली क्रिकेट एकेडमिले १९.२ ओभरमा ६८ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो ।

यस खेलको प्लेएर अफ दि म्याच घोषित भएकी ए पि यफ की बिनु बुढा मगरले ३ हजार रुपैँया प्राप्त गरेकी थिईन् ।

अत्तरीमा सोमबार नै भएको दोस्रो सेमिफाईनलमा राईजिङ्ग क्रिकेट वुमन्स् काठमाडौँले मिलन क्रिकेट एकेडमि झापालाई ९ रनले पराजित गरेको थियो ।

पहिलो ब्याटिङ्ग गरेको राईजिङ्ग क्रिकेट वुमन्स्ले २० ओभरमा ३ विकेटको क्षेतीमा १ सय १९ रन बनाएको थियो ।

मिलन क्रिकेट एकेडमि झपाले २० १ सय १० रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो ।

यस खेलको प्लेएर अफ दि म्याच घोषित भएकी राईजिङ्ग क्रिकेट वुमन्स् काठमाडौँ पुजा निमा भाटले ३ हजार रुपैँया प्राप्त गरेकी थिईन् ।

ए पि यफ र राईजिङ्ग क्रिकेट वुमन्स्बिचको फाईनल खेल मंगलबार हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web