‘सायद २’ जापानमा रेड कार्पेट सहित ग्राण्ड प्रिमियर शो हुँदै

बैशाख २४, २०७४ मा प्रकाशित | 2037 views

टोकियो ।

चलचित्र सायद २ ले आफ्नो पहिलो ग्राण्ड प्रिमियर शो जापानमा गर्ने लागेको छ ।

राजधानी टोकियोको नाकानो जिरो हलमा बिषेश प्रदर्शन हुन लागेको सायद २ को लागि सम्पूर्ण तयारी सकिएको चलचित्रका निर्माता ईश्वर श्रेष्ठले जानकारी दिनुभयो । चलचित्र रेड कार्पेट सहित ग्राण्ड प्रिमियरका साथ प्रदर्शन हुने छ ।

चलचित्र सायद २ लाई श्रेष्ठ सहित सुनिल रावल र सुवास लामिछानेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

जापानमा हुन लागेको विशेष प्रदर्शनीको लागि चलचित्रका निर्माता सुनिल रावल , प्रस्तोता दुर्गिश थापा, अभिनेता सुशील श्रेष्ठ सहित पत्रकार श्याम अर्याल  र सचित खड्का  १० मेमा जापान आउँदैछन् ।

चलचित्र नेपालमा भने असार ३० गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउनेछ ।

फिल्मको प्रिमिएरबाट उठेको रकम जापानस्थित सुदुरपश्चिमका जेहेन्दार विद्यार्थीहरुको हितमा प्रयोग गरिने भएको छ ।

युवा प्रेम, रोमान्स र शहरीया जिवन शैलिका युवा पुस्ताको कथा समेटिएको बताइएको चलचित्र सायद २ लाई पुष्पराज न्यौपानेले कथा लेखन र दिर्नेशन गरेका हुन् ।

चलचित्रमा सुशिल श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना, सोभित बस्नेत, कुशल पाण्डे, सुनिल रावल, निशा कार्की, रुबिना श्रेष्ठ, बुद्धिलाल मगर लगायत कलाकारहरुको अभिनय रहेको छ ।

‘सायद २’मा राजुविक्रम थापाको छायांकन , अष्ट महर्जनको द्वन्द, गोविन्द राई र विक्रम स्वारको नृत्य निर्देशन छ ।

सायद, होस्टल, होस्टल रिटन्स जस्ता चलचित्रका निर्माता रहेका रावलद्धारा निर्मित चलचित्रले जापानमा रहेका नेपाली र त्यसमा पनि युवा पुस्ताको मन जित्ने विश्वास निर्माता ईश्वर श्रेष्ठले व्यक्त गरे ।

यही मे १४ तारिख साँझ ५ : ३० बजेबाट प्रदर्शन हुने चलचित्र जापानबाट ग्राण्ड प्रिमियर शो सहित प्रदर्शनको सुरुवात गर्न लागिएको भन्दै निर्माता तथा जापानका युवा व्यवसायी श्रेष्ठले जापानमा रहेका सबै नेपालीहरुमा उस्थितिको लागि अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web