जनकपुरमा सवारी दुर्घटनामा एकको मृत्यु

बैशाख २३, २०७४ मा प्रकाशित | 665 views

जनकपुरधाम ।

जनकपुर ढल्केवर सडक खण्डको धनुषा जिल्लाको लक्ष्मीनिया गाउँ पालिकाको सपहीमा आज भएको सवारी दुर्घटनामा परेर एक जना पुरुषको मृत्यु भएको छ ।

ढल्केवरवाट जनकपुर तर्फ आईरहेका ना ७ ख २२६३ टिपरको ठक्करले सपही घर भएका ५५ वर्षिय वैजनाथ साहले वाटो काट्न लाग्दा टिपरले ठक्कर दिएपछि उनको घटना स्थलमा नै मृत्यु भएको जिल्ल प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मनोज यादवले बताउनु भयो ।

उता टिपरका चालक तथा टिपरलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएका छन् । स्थानीय बाँसीले क्षति पूर्तीको माग गर्दै केही घण्टा वाटो अवरुद्ध गरेपनि प्रहरी संग ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने तथा क्षति पूर्तीृ दिने सहमति भएपछि वाटो खुलेका थिए ।

जनकपुर ढल्केवर सडक खण्डमा निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन तथा अन्य सवारी साधनहरुको अत्यधिक चाप भएका कारणले हप्तैपिच्छे दुर्घटना हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web