प्रमुख प्रतिपक्षद्वारा आयोगको ध्यानाकर्षण

बैशाख २१, २०७४ मा प्रकाशित | 972 views

काठमाडौं ।

नेकपा एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचन आगामी जेठ १५ अगावै गर्ने गरी सरकारलाई परामर्श दिन निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ नेतृत्वको टोलीले अहिले तोकिएको दोस्रो चरणको निर्वाचनको मिति सरकारले प्रस्तुत गर्नु पर्ने नीति तथा कार्यक्रम र बजेट, एउटा निर्वाचन र अर्काे निर्वाचनबीचको समयावधि र मुस्लिम समुदायको  रमजान पर्व समेतका दृष्टिकोणबाट उपयुक्त नभएको  जनाउँदै आयोगलाई लिखितरूपमा ध्यानाकर्षण गराएको छ ।

नेता नेम्बाङ्गले पहिलो चरणको निर्वाचन समाप्त भएपछि अर्काे चरणको निर्वाचन अगाडि नै मतगणनाको परिणाम प्रकाशन गर्ने कुराले निर्वाचनको स्वच्छता र  निष्पक्षतामा समेत असर पु¥याउने भएकोले दलहरूसँग छलफल गरेर टुङ्गोमा पुग्नु पर्ने बताउनुभयो ।

त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले एमालेले उठाएको मुद्दा राजनीतिक निर्णयसग सम्वन्धित भएकाले यस विषयमा सरकारसँग आवश्यक प्रयास र पहल गर्न सुझाव दिनुभएको नेता नेम्वाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web