काठमाडौं ।

तीन प्रदेशका २ सय ८३ स्थानिय तहमा वैशाख ३१ गते हुने निर्वाचनका लागि हिजो भएको उम्मेदवारी मनोनयनको नामावली प्रकाशन र नाम फिर्ताका लागि भोलिको समय तोकिएको छ ।

निर्वाचन आयोगले मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली प्रकाशन भोलि दिउँसो १ बजे र नाम फिर्ता लिने समय भोलि अपराह्न ५ बजेसम्म तोकेको छ ।

आयोगले स्थानीय तहको पहिलो चरणको कुनै उम्मेदवारविरुद्ध दाबी विरोध भए उजुरी दिन आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको थियो ।

वैशाख २२ गते शुक्रवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

21.12¡ÆC