दावि विरोधका लागि आज १ बजेसम्म समय

बैशाख २०, २०७४ मा प्रकाशित | 712 views

काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनका कुनै उम्मेदवार विरुद्ध दावी विरोध भए उजुरी दिन आज बिहान १० बजेदेखि दिउसो १ बजेसम्मको समय तोकेको छ ।

३४ जिल्लाका २ सय ८३ स्थानमा हिजो भएको उम्मेदवारी मनोनयन दर्तामा कुनै दावी विरोध भए उजुरीका लागि कानूनमा व्यवस्था भए अनुसार समय तोकिएको आयोगले जनाएको छ ।

मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन भोलि दिउँसो १ बजे र नाम फिर्ता लिने समय भोलि अपरान्ह ५ बजेसम्म तोकिएको छ ।

पर्सि २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र  पर्सि शुक्रबार बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म सम्बन्धीत निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web