सरकारनै अल्पमतमा परेपछि उपेन्द्रले सोधे-‘अब के गर्नुहुन्छ ?’

बैशाख १८, २०७४ मा प्रकाशित | 1305 views

काठमाडौं ।

राप्रपा नेपालले सरकार छाडेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले छलफलका लागि बोलाएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अल्पमतको सरकारले अब के गर्ने भन्दै प्रश्न सोधेका छन् ।

राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै फोरम अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ प्रधानमन्त्री दाहाललाई भेट्न पुगेका थिए ।

भेटमा यादवले राप्रपाले सरकार छाडेपछि सरकार अल्पमतमा परेको भन्दै अब चुनाव के हुने र सरकार रहने नरहने बारे जिज्ञासा राखेका थिए।

सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाइएपछि चुनावमा भाग लिन तयार रहेको भन्दै यादवले मधेसी मोर्चामा आवद्ध ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले भने बैशाख ३१ को निर्वाचन प्रक्रियामा भाग नलिने निर्णय गरेको भन्दै निर्वाचनमा सहभागी हुन छलफल गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web