काठमाडौं ।

प्रतिशोधपूर्ण हिसाबले काँग्रेस सभापती शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालले आफुमाथि महाअभियोग लगाएपछि निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीले बालुवाटारस्थित सरकारी निवास छाड्न लाग्नुभएको छ ।

संसदमा महाअभियोग दर्ता भएको भोलिपल्ट सोमबार कार्की धापासीस्थित आफ्नो घरमा पुग्नुभएको छ ।

हाल घरमै रहेपनि निवास नछाडिसकेको र एकदुईदिनमा निवास छाड्ने बताइएको छ ।

प्रधानन्यायाधीश कार्कीविरुद्ध आइतबार कांग्रेस र माओवादीले बरियता मिच्दै गरेको आईजिपि नियुक्ती बदर तथा सुडान घोटालामा काँग्रेस नेताहरुको संलग्नताबारे फैसला गर्नु दुईदिन अघि महाअभियोग प्रस्ताव दर्ता गराएर पदबाट मुक्त गराएको थियो । जसको देशभर अहिले बिरोध भइरहेको छ ।

24.52¡ÆC