दाङ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता सुरु

बैशाख १५, २०७४ मा प्रकाशित | 927 views

दाङ ।

दाङको घोराहीमा आज देखि जिल्ला स्तरिय घोराही उपमहानगरपालिका कप क्रिकेट प्रतियोगीता शुरु हुदै छ ।

दाङ क्रिकेट संघको आयोजना तथा घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगीता हुन लागेको हो ।

टि ट्वान्टी नक आउटका आधारमा खेलाइने प्रतियोगितामा जिल्लाका सात वटा क्रिकेट क्लवहरुले समुह दर्ता गराएका छन ।

आज बिहान पद्मोद पब्लीक नमुना माबिको खेल मैदानमा ११ बजे देखी खेल सुरु हुने र पहिलो खेल युएनबिसी र घोराही क्रिकेट एकेडेमी बिच हुने संघका अध्यक्ष प्रदिप मजगैयाँले जानकारी दिनुभयो ।

एक हप्तासम्म सञ्चालन हुने प्रतियोगीतामा प्रथम हुने क्लवले नगद २० हजार सहित शिल्ड र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

यस्तै प्रतियोगीतामा दोश्रो हुने क्लबले १० हजार नगदसहित शिल्ड प्रमाण पत्र पाउने छन भने, उत्कृष्ट बलर, ब्याट्सम्यान, सिरिजले नगद पुरस्कार पाउने छन ।

खेलाडीलाई खेलप्रति आकर्षण तथा राष्ट्रिय एवं क्षेत्रीय खेलहरुमा सहभागी गराउन र सक्षम बनाउन प्रतियोगीताको आयोजना गरिएको अध्यक्ष मजगैयाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web