बर्दियामा गत बर्षको तुलनामा राजश्व संकलन कमी

जेष्ठ ११, २०७३ मा प्रकाशित | 1093 views

११ जेठ, बर्दिया ।
बर्दियामा हालसम्म दुई हजार पाँच सय बढि उद्योगहरु दर्ता भएका छन । जिल्लामा साना ठूला गरि हालसम्म २ हजार ५ सय ५२ वटा उद्योगहरु दर्ता भएका हुन् । घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका अनुसार दर्ता भएका उद्योगहरुमा ३० प्रतिशत होटेल–रेष्टुराँ, २० प्रतिशत राइसमिल र १५ प्रतिशत कृषि फर्महरु रहेका छन् ।

त्यसैगरि दर्ता भएका उद्योगहरुमा १० प्रतिशत फर्निचर उद्योग तथा समिल र बाँकी अन्य उद्योगहरु रहेको घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका सूचना अधिकारी रामराज गौतमले बताउनृ भयो । गत बर्षको तुलनामा यस बर्ष उद्योग दर्ताको क्रम घटेको छ । गत बर्ष ३ सय ५० को हाराहारीमा उद्योगहरु दर्ता भएका थिए भने यस बर्ष २ सय ८६ वटा दर्ता भएका छन् । आर्थिक बर्षको अन्तिमसम्म केहि दर्ताको प्रक्रिया बढ्न सक्ने अनुमान गरिएको छ ।

जेठ र असार महिनामा उद्योग दर्ताको लागि अनुपयुक्त समय मानिन्छ । सूचना अधिकारी गौतमले भने –‘पूरै आर्थिक बर्षको आन्तरिक राजश्व तिर्नु पर्ने हुँदा यो समयमा प्राय नयाँ उद्योग दर्ता नगरी एकैचोटी साउनमा दर्ता गराउने चलन रहेको छ ।

गत बर्षको भन्दा यस बर्ष घरेलु तथा साना उद्योग कार्यालय बर्दियाको राजश्व संकलनमा समेत कमी आएको छ । गत बर्ष झण्डै ९० लाख राजश्व उठाएको कार्यालयले यस बर्ष अहिलेसम्म ५० लाख मात्र उठाउन सफल भएको छ । असार मशान्तसम्म भने राजश्व संकलनमा केही बृद्धि भएपनि गत बर्षको भन्द कम नै हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web