धनगढी ।

धनगढी प्रिमियर लिगको उपाधि भिडन्तको जारी खेलमा पारस खड्काको टिम चौराहाले शरद भेषवाकरको बिराटनगर किङ्ग्सलाई बिजयको लागि १६० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर ब्याटिङ थालेको टिम चौराहाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनायो ।

खराब सुरुवात गरेको टिम चौराहाको लागि राजु रिजाल बिना रन पेभेलियन फर्के भने ४ रनको अवस्थामा एक विकेट गुमाएको कप्तान पारसको टिमले अनिल मण्डललाई गुमाउन पुगेको थियो ।

पृथु बास्कोटा र कप्तान पारस खड्काले पारी सम्हाल्ने प्रयास गरे । पृथु पनि १४ रन बनाएर आउट भएपछि आएका आरिफ शेखले चम्कँदै पारसँग ४४ रनको साझेदारी गरे ।

पारस २९ रनमा आउट भए, जतिबेला टिम चौराहाको स्कोर ८१ रन मात्र थियो र ५ ओभर एक बल मात्र खेल बाँकी थियो ।

तर, आरिफ र अमर रौतेलाले उत्कृष्ट ब्याटिङ गर्दै टिमको स्कोर उकासे । उनीहरुले पाचौं विकेटका लागि मात्र २४ बलमा ६३ रनको साझेदारी गरे । आरिफले ३० बलमा ४ चौका र ४ छक्कासहित ५४ रन बनाए ।

अमर ३१ रनमा अजिजित रहे भने शौरभ खनालले नटआउट १४ रन बनाए ।

शरद भेषावकरको टिम बिराटनगर किङ्ग्सले भर्खर जवाफी ब्याटिङ थालेको छ ।

22.12¡ÆC