धनगढी प्रिमियर लिगको फाइनलमा पारस र शरद भिड्दै

बैशाख ८, २०७४ मा प्रकाशित | 807 views

धनगढी ।

धनगढी प्रिमियर लिगको फाइनल खेलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानहरुले राम्रो ब्याटिङ गर्ने टोलीले प्रतियोगिताको उपाधि जित्ने बताएका छन् ।

फाइनल खेल शनीबार बिहान ११ बजेदेखि सेती अञ्चल प्रहरी कार्यालयको मैदान धनगढीमा सुरु हुनेछ । धनगढी चौराहा र विराटनगर काङस दुवै टोली रुपन्देही च्यालेञ्जर्सलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा शुक्रबार आयोजित प्रिम्याच पत्रकार सम्मेलनमा टिम चौराहा धनगढीका कप्तान पारस खड्काले शनीबारको फाइनलमा राम्रो ब्याटिङ गर्ने टोलीले उपाधि जित्ने सम्भावना अधिक रहेको बताए ।

बिराटनगरका कप्तान शरद भेषावकरले भने प्रतियोगितामा युवा खेलाडीको प्रदर्शनबाट भविश्यमा नेपाली क्रिकेटको भविश्य उज्वल देखिएको बताए ।

आफ्नो टोलीको प्रदर्शन पनि युवा खेलाडीहरुकै येगदान रहेको उनको भनाइ थियो ।

बिराटनगरले पहिल्लो एक खेलदेखि बिना प्रशिक्षक खेलिरहेको छ ।

प्रशिक्षक जितेन्द्र चौधरी एजुकेटर काचिङ कोर्सका लागि भारत गएपछि बिराटनगरले बिना प्रशिक्षक क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पुगेको थियो ।

पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानहरुले सुदूरपश्चिममा आयोजना भएको धनगढी प्रिमियर लिग नेपली क्रिकेटकै केन्द्रीय प्रतियोगिता भएको भन्दै भविश्यमा नेपाली राष्ट्रिय टोलीको छनौट यसै प्रतियोगिताको प्रदर्शनको आधारमा हुनसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web