उपाधि बिजेता खेलाडीको स्वास्थ उपचार निशुल्क गर्न माग

बैशाख ५, २०७४ मा प्रकाशित | 706 views

काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद्ले अन्तराष्ट्रिय स्तरमा स्वर्ण पदक बिजेता नेपाली खेलाडीहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

परिषद्का पदाधिकारीहरुले मंगलबार स्वास्थ्य मन्त्री गगन थापासँग भेट गरी अन्तराष्ट्रिय स्तरमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन माग गरेका हुन् ।

नेपालमा दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेता एक सय २ जना र एशियन खेलकुदमा पदक विजेता खेलाडीहरुको संख्या ८ जना रहेका छन । दुवै समूहका एक सय १० जना खेलाडीलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न परिषदले मन्त्री थापालाई पुन ध्यानाकर्षण गराएको हो ।

त्यस अवसरमा मन्त्री थापाले खेलाडीहरुलाई सुविधा उपलब्ध गराउन आफू तयार रहेको बताए । परिषदले खेलाडीहरुको प्रोत्साहनवापत सरकारले रकम दिँदै आएकोमा पनि आभार व्यक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web