भक्तपुर ।

भक्तपुरमा जारी प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्राको चौथो दिन आज साँझ ५५ हात लामो लिङ्गो उठाउने क्रममा भाँचिए पछि एक जनाको मुत्यु हुनुका साथै ५ जना घाईते भएका छन् ।

लिङ्गो उठाउने क्रममा साँझ भाँचिएको हो । लिङ्गो भाँचिदा किचिएर परिचय नखुलेका अन्दाजी ३०,३२ बर्षका एक जनाको ज्यान गएको प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले बताउनुभयो ।

घाईते हुनेमा कमलबिनायका रत्नभक्त दुवाल(रामकृष्ण ),सुर्यबिनायकका अर्जुन सुवाल,टौमढीका बालकृष्ण लोला ,सुर्यबिनायककै सुमन तज र स्थानीय सुरेन्द्र खाईतु रहेका छन् ।

खाईतुको सिद्घी स्मृति अस्पताल जगाती र अन्य घाईतेको भक्तपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

एउटा लिङ्गो भाँचिए तयारी अबस्थामा राखिएको अर्को लिङ्गो क्षमा पुजा गरी उठाउने चलन छ ।

23.22¡ÆC