लडाईका कारण मोसुलबाट करिव ३ लाख नागरिक विस्थापित

चैत्र ३१, २०७३ मा प्रकाशित | 1234 views

<p>एजेन्सी ।
संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता संवन्धी निकायले ईराकको पश्चिमी मोसुलबाट दुई लाख ८५ हजार जनता विस्थापित भएको जनाएको छ ।</p><p>लामो समयदेखि द्धन्द्धग्रस्त क्षेत्रमा अहिले पनि लडाई जारी रहेकाले विस्थापित हुनेहरुको संख्या पनि बढीरहेको राष्ट्रसङ्घीय अधिकारीहरुले मङ्गलबार जनाएका छन् ।</p><p>ईराकको पश्चिम मोसुल र पुर्बी मोसुल गरी दुवै ठाउबाट विस्थापित हुनेहरुको कुल सङ्ख्या ३ लाख ५५ हजार पुगेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसका प्रवक्ता स्टेफन डुजरिकले पत्रकार सम्मेलनमा बताउनुभयो ।</p><p>गत अक्टोबर देखि अहिले सम्म मोसुलमा मोसुलमा भएको सैन्य कारबाहीमा परी मोसुलबाट ४ लाख ४६ हजार विस्थापित भएका छन् । ती मध्ये ९१ हजार जना भने फिर्ता भएको बताइएको छ ।
</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web