काँग्रेसी गुण्डा नाइके दावा लामामाथि गोली प्रहार

चैत्र २९, २०७३ मा प्रकाशित | 2207 views

काठमाडौं ।

नेपाली काँग्रेस पार्टीको छत्रछायाँमा गुण्डागर्दी गर्दै आएका आपराधिक समुहका नाईके दावा लामामाथि गोली प्रहार भएको छ ।

बौद्ध नयाँ बस्तिमा बस्दै आएका लामा दिव्य पार्टी प्यालेसभित्रै रहेको क्लबमा जिम गर्न जाने क्रममा आज गोली प्रहार भएको हो ।

उनको अवस्था खुल्न सकेको छैन भने कति गोली लागेको प्रहरीले खुलाएको छैन । गुण्डा लामाको अहिले नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

छबिलालको छवि राम्रो देखिएन, शेरबहादुर देउवासम्मको दावालाई साथ

हाल छबिलाल जोशी बन्जाडे काठमाडौं प्रहरीको प्रमुख भएर आएलगत्तै गुण्डा नियन्त्रण गर्ने यसअघिका एसएसपी विक्रमसिंह थापाको अभियानलाई अझ कसिलो बनाउने घोषणा गरेका थिए ।

तर उनको बोली कसिलो त आयो काम भने ठिक उल्टो । त्यसैको उपज बनेको छ पछिल्लो समय काठमाडौंमा गुण्डाहरुको दादागीरि र सक्रियता ।

बन्जाड काठमाडौं आएपछि गुण्डा नाइके राम गिरी र दावा लामाबीच ठमेलमै दोहोरो भिडन्त भयो । तर उनले त्यसमा पक्राउ र कारवाही कसिलो गर्न सकेनन् ।

सोही भिडन्तको निरन्तरता बन्यो मंगलबार गौरीघाटस्थित दिव्य पार्टी प्यालेसमा भएको गोलीकाण्ड । ठमेलमा राम गिरीमाथि दावा लामाले आक्रमण गरेका थिए । गौरिघाटमा दावामाथि राम गिरी समूहले नै आक्रमण गरेको देखिएको छ ।

ठमेल काण्डमा प्रहरीले दावालाई ज्यान मार्ने उद्योगमा पक्राउ गरेपनि राम गिरीलाई सार्वजनिकस्थलमा होहल्ला गरेर शान्ति सुरक्षमा चुनौती दिएको भन्दै सार्वजनिक अपराधको मुद्दा लगाएको थियो । उनीहरु दुवै राजनीतिक पहुँचबाट छुटे ।

दावा लामालाई काभ्रे क्षेत्र नम्बर १ का कांग्रेस सांसद तीर्थ लामाले छुटाएका थिए । तीर्थ लामा काँग्रेसमा गुण्डागर्दीबाटै शेरबहादुर देउवाको निगाहमा सांसद बनेका व्यक्ति हुन् ।

उनी यसअघि पनि गुण्डा नाइके दावालाई छुटाउन हनुमान ढोकामा प्रहरी कार्यालय पुगेका थिए । सांसद लामा आफैं पनि गुण्डा नाइकेबाट शेरवहादुर देउवा निकट हुँदै सांसद बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web