वडा–वडाबाट स्वतन्त्र उम्मेदवारी दिने योजना

चैत्र १८, २०७३ मा प्रकाशित | 2881 views

<p>पप्पु गुरुङ्, १८ चैत्र, महाकाली नगरपालिका । राजनीतिक दलहरुका हरेक गतिबिधी बढी भ्रष्टाचारी देखिदै आएका हरेक कार्यमा आफ्नो र बिरानो मान्छेको राजनितिक हेराईबाट गणना गर्न थालिएका तथा युवा जमातलाई निरुस्ताहित हुने प्रकारको दलहरुले कार्य गर्दै आएको आरोप लगाउदै पछिल्लो समयमा स्थानिय निर्वाचनमा स्वतन्त्रबाट आकांक्षी उम्मेदवार महाकाली नगरपालिकामा देखा पर्न थालेका छन् । महाकाली नगरपालिकामा स्वतन्त्रबाट वडा वडामा स्वतन्त्र पदका लागी वडा अध्यक्ष तथा सदस्यहरु लडाउन समेत तयारी भईरहेको खबर आउन थालेको छ् । प्राप्त खबर अनुसार स्वतन्त्रबाट वडा–वडाबाट स्वतन्त्रबाट उम्मेदवारी दिने योजना भईरहेको छ् । महाकाली नगरपालिकाका एक ब्यापारी किशन जोशीको अगुवाईमा महाकाली नगर क्षेत्रमा बसोबास गर्ने पार्टीबाट रुष्ट तथा स्वतन्त्र युुवा ब्यक्तीलाई एकत्रित गर्न थालेको बताईएको छ् । जोशी लगाएत उनका टिमले महाकाली नगरपालिका नगरको ५ वटा वडामा स्थानिय निर्वाचनलाई लक्षित गर्दै स्वतन्त्र समुह गठन गरेको बताएका छन् । उक्त वडाबाट उम्मेदवारी दिने तयारी समेत गर्दै आएको बताएका छन् । महाकाली नगरमा स्वतन्त्रबाट मेयर पदका आकांक्षी उम्मेदवारमा चर्चामा आएका किशन जोशी महाकाली नगरपालिकाको बिभिन्न वडामा संगठन बिस्तारमा लाग्न थालेका छन् । उनले युवा जमातलाई संगठित गर्दै आएको बताएका छन् । अरु दलहरुबाट खिन्नता बनेका युवा जमातलाई एक ठाउमा ल्याउने कार्य अघि बढाउदै लगेको मेयर पदका आकांक्षी उम्मेदवार किशन जोशीले बताए । “भ्रष्टाचारको बिरुद्ध हामी युवाहरु एक जुट हुदै आएका छौ” जाशीले भने । उनि मात्र हैनन् वडाका उम्मेदवारका लागी स्वतन्त्र उम्मेदवारको लागी टिम तयार हुदै गरेको जोशीको दाबी छ् । हाम्रो टिममा समर्थन गर्नेको संख्यामा दिनदिनै बद्धी भएको उनको दाबी उनि दाबी गर्छन् । महाकाली नगरपालिकाको स्वतन्त्र मेयर पदको आकांक्षी उम्मेदवारमा जोशी देखा परेका छन् । स्वतन्त्र उम्मेदवारीको लागी आफुहरुले स्थानिय तथा बढी गरे युवाहरुबाट राम्रो सुझाव, सल्लाह पाएको बताएका छन् । आफु पनि युवा भएको हुदा युवाहरुलाई बढी प्रथामिकता दिदै भ्रष्टाचारको बिरुद्ध युवाहरुलाई संगठित गर्दै जाने उनिहरुको भनाईरहेको छ् । उम्मेदवारीको लागी युवाहरु तथा स्थानियहरुबाट आर्थिक रकम समेत संकलन गरेको जोशीको बताउछन् । नेपाली काग्रेंस, एमाले, राप्रपा, माओबादी लगाएत दलहरुले गाउँ, टोलमा भेला, भेटघाट संगै स्वतन्त्र उम्मेदवारहरुले पनि टोल बस्तीमा कार्यक्रम संचालन गर्दै आएका छन् । बस्ती भेटघाट, घरदैलो, भेला लगाएत बैठक संचालन गर्दै आएका छन् । महाकाली नगरपालिकामा ठुला दलहरुले चुनावी चहलपहल चलाईरहदा स्वतन्त्रका आकांक्षी उम्मेदवारहरु पनि स्थानिय निर्वाचनको मेयर देखि बिभिन्न पदमा उम्मेदवारी दिने सुरसारमा लागेको छ् ।&nbsp;</p><p>तस्विर : किशन जोशी (स्वतन्त्र मेयर पदका आकांक्षी उम्मेदवार)</p><div><br></div>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web