शहिद गौतम परिवारका लागी कोरियामा पनि सहयोग संकलन

चैत्र १७, २०७३ मा प्रकाशित | 1563 views

शहिद गौतम परिवारका लागी कोरियामा पनि सहयोग संकलन

<p>पप्पु गुरुङ्, १७ चैत्र, महाकाली नगरपालिका । सुदूर पश्चिम समाज, दक्षिण कोरियाले कंचनपुरको सीमावर्ती क्षेत्र पुनर्वास घटनाका भारतिय फौजको गोली प्रहारबाट मातृभुमीको रक्षा गर्दै सहादत प्राप्त गरेका गोविन्द गौतमका परिवार तथा गंभीर घाइते टीकाराम चापागााईको उपचार सहयोगका लागि कोरियामा बस्ने नेपालीहरुले आर्थिक सहयोग संकलन अभियान थालेका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले कृतिम विवाद सृजना गरी नेपाली भूमिमा बन्दै गरेको कल्भर्ट भत्काए पछि गत फागुन २६ मा विरोधमा उत्रिएका नेपालीहरू माथि ज्यादतीपूर्ण र अमानवीय रुपमा निर्घात कुटपीट गर्नुका साथै गोलि चलाए पछि युवा गोविन्द गौतमको ज्यान गएको थियो, भने टीकाराम चापागाई गंभीर घाइते भएका थिए । पारिवारिक अवस्था ज्यादै दयनीय रहेको तथा नेपाली मातृभूमिको रक्षाका निम्ति हासी हासी छातीमा दुश्मनका गोली, लाठी र बूट थाप्ने बीर सहिद गोविन्द गौतमको बलिदानलाई सम्मान गर्दै आर्थिक सहयोग संकलन थालिएको महाकाली नगरपालिका स्थानिय निवासी तथा कोरिया कर्म थलो भएका तेज चन्द ठकुरीले खबर दिएका छन् । “देशका लागी सहादत भएका गौतम परिजन तथा घाईतेका लागी सहयोग संकलन अभियान थालेका छौं” कोरियाबाट तेज चन्द ठकुरीले टेलिफोनबाट खबर दिएका छन् । “संकलन अभियान पछि एथासिघ्र संकलित सहयोग रकम नेपाल पठाईने छ्” ठकुरीले भने । यस्तै शर्माली २ बैतडी मूलघर भई कन्चनपुर महाकाली नगरपालिका बस्दै आएका जीप दुर्घटना मा परेका एकै परिवार का आठ जना मध्ये परिवार का घरमुली सहित चार जना मृत्यु भएका तथा उक्त घट्नामा घाइतेहरु को खर्चको अभाब मा उपचार हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै कोरियामा बस्दै आएका नेपाली दाजुभाईरुले सहयोग संकलन अभियानलाई अघि बढाएको बताईएको छ् । अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण महान महानुभावहरु प्रति हार्दिक कृतज्ञता एबं आभार ब्यक्त गर्दछौं सामाजिक संजालमा भनिएको छ् । साथै सहयोग गर्न चाहने अन्य सहयोगदाताहरु बाट पनि सक्दो साथ &nbsp;सहयोग को अपेक्षा समेत गरिएको छ् ।&nbsp;</p><div><br></div>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web