नेपाल बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याउँदै

काठमाडौं ।
एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशले दिएको २५८ रनको बिजय लक्ष्याउँदै ब्याटिंग थालेको छ ।

शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ९ विकेट गुमाउदै २५७ रनको योगफल बनाउन सक्यो ।

सुरुवाती तीनजना ब्याट्सम्यान सस्तैमा आउट भएपनि बंगलादेशी कप्तान मोमिनुल हक र नसिर हुसेनले मध्यक्रमबाट इनिङ सम्हाल्दै टोलीलाई सम्मानजनक स्थितिमा पुर्याएका हुन् ।

छैटौं नम्बरमा ब्याटिङमा आएका हुसेनले अविजित १०९ रनको शतकीय पारी खेले । उनले ११५ बलको सामना गरी १२ चौका र २ छक्का हिर्काएका थिए ।

एउटा एण्डबाट विकेट झरिरहँदा नसिर हुसेनले बंगलादेशको पारी सम्हाल्दै उत्कृष्ट ब्याटिङ गरे ।

नवौं विकेटका लागि उनले अब्दुल हसन राजुसँग मिलेर ७६ रनको साझेदारी गरेपछि बंगलादेशले ठूलो योगफल बनाउन सक्यो । अब्दुलले २९ रन बनाए ।

२६ औं ओभरमा युवा स्टार सन्दिप लामिछानेको बलमा आउट हुनुअघि कप्तान हकले पनि ६१ रनको अर्धशतकीय पारी खेले । उनले नसिरसग मिलेर पाचौं विकेटका लागि ७८ रनको ठोष साझेदारी गरे ।

यसअघि सुरुवाती पाच ओभरमै अभिनाश कर्णले बंगलादेशको तीन विकेट झारेका थिए । ११ औं ओभरमा मेहवुव आलमले पनि १ विकेट लिए । युवा स्टार सन्दिप लामिछानेले दुई विकेट लिएका छन् । कप्तान ज्ञानेन्द्र र दीपेन्द्र सिंह एेरीको नाममा एक एक विकेट रह्यो ।

नेपालले बंगलादेशले दिएको २ सय ५८ रनको कसिले बिजय लक्ष्य पछ्याउँदै भर्खर ब्याटिंग थालेको छ ।

23.12¡ÆC